आगामी तीन हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था हुन्छ : जनस्वास्थ्यविद् पाण्डे
कोरोना कहर
झापा । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन् । मङ्गलवार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उहाँले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने बताएको हो । तीन हप्ता पछि संक्रमणको दर बिस्तारै घट्दै जाने बताउँदै डा. पाण्डेले यो अवधि दुःख सहेर भए पनि घरभित्र नै बस्न उनको सुझाव छ ।
यसैगरी, डा. पाण्डेले जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । उनले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरेका छन् ।
उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गरेका छन् ।
यस पटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरे । कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो तीन हप्ता दुःख सहन सवैमा उनको आग्रह छ । इमेज खबरबाट