झापाका २१४ सहित प्रदेश १ मा थपिए ९०४ जना कोरोना संक्रमित
झापा । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ र मिक्लाजुङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८–१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशी, गौरादह र स्थानीय तह नखुलेका २–२ रहेका छन् ।
सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहवी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जु र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा १५, छथरमा १ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका ३, इलामको इलाम, सुर्योदय, चुलाचुली र रोङमा १–१, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् । आज ५५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।