कोरोनाबाट भद्रपुरमा ४८ वर्षीय पुरुषको मृत्यु, थपिए ६४ जना संक्रमित
भद्रपुर । भद्रपुरमा थप एक कोरोना सङ्क्रमितको मङ्गलवार मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ४ मन्त्री बस्ती निवासी ४८ वर्षीय पुरुष रहेको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । उनको मेची कोभिड उपचार केन्द्र भद्रपुरमा मृत्यु भएको हो । संक्रमण पुष्टि भएका ती पुरुष एक साता होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई परिवारजनका सदस्यले मङ्गलवार उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेका थिए । त्यहाँ भर्ना लिन नमानेपछि उनलाई मेची कोभिड उपचार केन्द्र ल्याएको र केन्द्रमा राख्ने बित्तिकै उनको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
योसँगै भद्रपुरमा कोरोनाबाट तीन जनाको ज्यान गइसकेको छ । यता भद्रपुरमा मङ्गलवार २९ महिला र ३५ पुरुष गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगर स्वास्थ्य शाखाका अनुसार ६० जनाको पिसीआर र चार जनाको एन्टिजेन माध्यमबाट पुष्टि भएको हो । जसमध्ये वडा नम्बर २ का १ महिला र १ पुरुष, वडा ५ का ३ महिला र ५ पुरुष, वडा ६ का १ पुरुष, वडा ७ का ७ महिला र १० पुरुषवडा ८ का ८ महिला र ६ पुरुष, वडा ९ का ३ महिला र २ पुरुष, वडा १० का २ महिला र ६ पुरुष र वडा उल्लेख नगरिएको ४ महिला र ३ पुरुष रहेका छन् ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ