भेन्टिलेटरसहितको बेड अभाव : हेलिकप्टरबाट फेरि दुई जना संक्रमितलाई ल्याइयो बिएण्डसी अस्पताल
झापा । भेन्टिलेटरसहितको बेड अभाव हुँदा दुई जना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टरबाट झापाको विर्तामोड ल्याइएको छ । संक्रमितद्धय नेपालगञ्जका ६१ वर्षीय प्रेम कुमार सोनी र ओखलढुङगाका ५५ वर्षीय नरनाथ फुयाँललाई हेलिकप्टरबाट उपचारका लागि विएण्डसी अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
भेन्टिलेटरको सुविधा भएका कारण देशका विभिन्न भागबाट १५ जना कोभिड संक्रमितलाई उपचारका ल्याइसकिएको छ । गिरीका अनुसार उपचार सहज हुने र बेड सुविधा भएकाले उपचारका लागि आउने गरेका हुन् । विएण्डसीमा हाल ५० जना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिए । आइसीयूमा २५, एचडीयूमा १२ र जेनेरल वार्डमा १३ जनाको उपचार भइरहेको छ ।
विएण्डसीले कोभिड संक्रमितको लागि अलग्गै वार्ड व्यवस्था मिलाएका कारण अन्य क्षेत्रका संक्रमित उपचार गर्न आइरहेका छन् । सूचना अधिकारीले विएण्डसीमा कोभिड उपचारका लागि २ सय वेड तयार गरेको जानकारी दिए ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ