झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु
झापा । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दमक र गौरादहका एक–एकजना महिला र पुरुष रहेका छन् ।दमक ६ की ५५ वर्षिया महिलाको विराट मेडिकल कलेजमा आज बिहान ५ बजे मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनलाई दमकको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि पाँच दिनदेखि उनको विराट मेडिकल कलेजमा विराटनगरमा उपचार भइरहेको थियोे । त्यही उनको मृत्यु भएको हो ।
दमकमा एक सातामा ४ महिला र ४ पुरुष गरी ८ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै आज बिहान गौरादह २ का ५५ वर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।उनलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । एक सातामा गौरादहमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । झापामा दोस्रो लहरको संक्रमण शुरु भएयता २८ जनाको मृत्यु भएको छ भने कूल संक्रमित मृतकको सँख्या १५८ पुगेको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ