२०८३ भाद्र ११ गते , विहीबार
एकैदिन १३९ जनाको मृत्यु, देशभर थपिए ९२ सय ७१ जना संक्रमित
झापा । देशभर कोरोना संक्रमणका कारण एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ।
यसैबीच गत २४ घण्टामा १८ हजार ४ सय ११ जनामा परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । १७ हजार ६ सय २३ जनाको पिसिआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ पुगेको छ ।
जसमध्ये ८६ हजार ४ सय २६ जना होम आइसोलेसनमा छन् भने ६ हजार ७ सय १५ जनालाई संस्थागत आइसोलेसनमा राखिएको छ। गत २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। आज क्वारेन्टाइनमा ४ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ