२०८३ असार ७ गते , आईतबार
एसईई र कक्षा १२ को परीक्षा स्थगित
झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। बोडले जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। ‘कोरोना संक्रमण फैलनेक्रम जारी छ,’उनले भने,‘त्यसैले अर्को सूचना नआउन्जेल सम्मको लागि परीक्षा स्थगित गरेका हौ।’