इटहरीमा पनि अटो एम्बुलेन्स सेवा सञ्चालन
इटहरी । इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । शनिबारबाट एरिना टेलिभिजनले इटहरीमा एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ कार्यको थालनी गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।
कोरोनाको बढ्दो संक्रमणसँगै बिरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवाको शुरुवात गरिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताए । एम्बुलेन्सको चालकको सुरक्षा लगायतको जिम्मेवारी इटहरी उपमहानगरपालिकाले लिने भएको छ ।
यसैगरी कोरोना परिक्षण गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । अटो एम्बुलेन्स सेवा लिए बापत निश्चित शुल्क भने तिर्नु पर्ने छ । साग्बे सेर्पा (९८२३३१३७४१), बिनोद कुमार फुयाल (९८२४३०७०३१) अमृतकुमार कार्की (९८०७३०२७४७), रमेश खड्का (९८४२१४८००६) र नुर्बु सेर्पा (९८४२२३१५२९) लाइ सम्पर्क गरेर अटो एम्बुलेन्स सेवा लिन सकिने छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ