बिएण्डसी अस्पतालमा कोरोना संक्रमितका लागि २०० शय्या सञ्चालन
काठमाडौं । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ।
प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमित धमाधम बिएण्डसी पु¥याउने क्रम बढेपछि अस्पतालले शय्या थप गरेको हो। संक्रमितलाई उपचार गर्न उक्त संख्यामा शय्या सञ्चालनमा आएको अस्पतालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धि भएसँगै शय्या थप गरिएको छ। हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ।’
मौज्दात रहेका ६५ भेन्टिलेटरसहित सघन उपाचार कक्ष ९आइसियु० मध्ये गम्भीर संक्रमितका लागि ५० शय्या छुट्याउने र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ। अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो। पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कुल ९०० शय्या रहेको छ।
विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत १० संक्रमित मध्ये आठजना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेको जनाइएको छ। अस्पतालले हालसम्म भेन्टिलेटरसहित आइसियु तथा अक्सिजनको अभाव नरहेको जनाएको छ। रासस
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ