कोरोनाबाट झापामा थप दुई महिलाको मृत्यु
झापा । झापामा आज फेरि दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बृद्धा रहेका छन् । हिजो पनि दुई महिलाको मृत्यु भएको थियो । ती दुवै बृद्धाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा आज बिहान मृत्यु भएको हो । बिर्तामोड ५ की ६२ वर्षिया खड्का थरकी बृद्धाको बिहान १०।४५ बजे मृत्यु भएको नगरपालिकाका कोभिड पर्सन ओम खड्काले बताए । संक्रमण पुष्टि भएपछि ती बृद्धा केही दिनदेखि उपचाररत थिइन् ।
बिर्तामोडको ५ मा नयाँ भेरियन्टबाट दुईजनाको मृत्यु भइसकेको छ । आफ्नो वडाभित्र धेरै संक्रमित देखिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । त्यस्तै दमक ८ की ८३ बर्षिया बृद्धाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा बिहान ६ बजे मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनी २० गते अस्पताल भर्ना भएकी थिईन् । दमकमा दोस्रो लहरको संक्रमणबाट ७ जनाको मृत्युु भइसकेको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४८ पुगेको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ