२०८३ भाद्र ११ गते , विहीबार
१८ सांसद सहित १६० जनामा कोरोना संक्रमणको पुष्टि
झापा । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९आईसीसी०का कर्मचारी छन् ।
सम्बन्धित समाचार
रसुवा बाढी : ४५ विदेशीसहित ३३६ जनाको हवाईमार्फत उद्धार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला