२०७८ जेष्ठ २९ गते , शनिवार

प्रदेश १ मा कोरोना : ७९१ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ सय ७० पुग्यो

प्रदेश १ मा कोरोना : ७९१ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ सय ७० पुग्यो :: Times of Pradesh

झापा । प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, सङ्खुवासभामा १४, इलाममा ११,उदयपुरमा ८,ते¥हथुममा ५, धनकुटा र पाँचथरमा२–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३,सुन्दरहरैचामा ९, बेलबारीमा७, रंगेलीमा ६, कटहरिमा ५, केराबारीमा ३,धनपालथान, रतुवा माई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।

यसैगरी सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहबीमा ९–९, बराह क्षेत्रमा ६, इनरुवा र कोश गाउँपालिकामा ५–५, गढीमा ३, बर्जू र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१ छन् ।

झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, बिर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा१२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति रअर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , सङ्खुवासभाको चैनपुरमा७, खाँदवारिमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङ्लुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुननन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ११३ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २७० पुगेको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment