२०८१ पौष २९ गते , सोमबार

अभिनेत्री दीपिका पादुकोणसहित उनका परिवारलाई कोरोना संक्रमण

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २१ गते , मंगलबार
अभिनेत्री दीपिका पादुकोणसहित उनका परिवारलाई कोरोना संक्रमण

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अहिले उनी परिवारसँग बैंगलुरमा छिन् । यसअघि उनका बुवा प्रकाश पादुकोण, आमा उजाला पादुकोण र बहिनी अनीषा पादुकोणलाई पनि कोरोना संक्रमण भएको थियो ।

दीपिकाका बुबाको अहिले बैंगलुर अस्पतालमा उपचार भइरहेको छ । हप्तौँसम्म पनि ज्वरो नघटेपछि उनलाई गत शनिवार अस्पताल लगिएको थियो । प्रकाश पादुकोण सन् १९८० मा प्रतिष्ठित ‘अल इंग्ल्यान्ड च्याम्पियन’ टाइटल जित्ने पहिलो भारतीय हुन् । नवभारत टाइम्सबाट ।

सम्बन्धित समाचार