२०७८ जेष्ठ २९ गते , शनिवार

रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई एक करोड बढीको स्वास्थ्य उपकरण प्रदान

रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई एक करोड बढीको स्वास्थ्य उपकरण प्रदान :: Times of Pradesh

झापा । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई एक करोड २० लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको सहकार्यमा अस्पताललाई ७ थान डायलिसिस मेशिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टम र इलेक्ट्रिक बेड ७ थान उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले जानकारी दिए ।अस्पताललाई प्रदान गरिएको सामग्री एक करोड २० लाख मूल्य बराबरको रहेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । 

बढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विपन्न तथा सर्वसाधारणलाई सहज र सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले मिडटाउनले डायलिसिससहित स्वास्थ्य उपकरण अस्पताललाई प्रदान गरेको संयोजक शुभ कुमाईं पाठकले जानकारी दिए ।

अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्ने गरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट वञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए ।

नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलिसिस बापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उनको भनाई छ । अस्पतालमा उपकरण सेटअफ भई परीक्षणका लागि डायलिसिस सेवा सुरु भइसकेको बताइएको छ । पत्रकार सम्मेलनमा रोटरीयन शिवकुमार अग्रवाल, अस्पतालका कोषाध्यक्ष ज्ञानु प्रसाईँ, रोटरीयन सन्तोष अग्रवाल, अस्पतालका व्यवस्थापन समितिका सचिव रोमणि भट्टराईलगायतले बोलेका थिए । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment