२०८३ बैशाख ३ गते , विहीबार

झापा प्रशासनको निर्णय : निषेधाज्ञामा होटेल र रेस्टुरेन्टलाई छुट, अन्य पसलहरूलाई कडाइ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १७ गते , शुक्रबार
झापा प्रशासनको निर्णय : निषेधाज्ञामा होटेल र रेस्टुरेन्टलाई छुट, अन्य पसलहरूलाई कडाइ

झापा । प्रशासन कार्यालय झापाले निषेधाज्ञाका अवधिभर जिल्लाका होटेल तथा रेस्टुरेन्टलाई बेलुका ८ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । तर, औषधि तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो निर्णयले होटेल व्यवसायीलाई प्रशासनले छुट दिएको भन्दै सर्वसाधारणमा आलोचना सुरु भएको छ । होटेल र रेस्टुरेन्ट खुला रहने भएपछि संक्रमण फैलिनबाट कसरी रोक्ने भन्नेमा गम्भीर प्रश्न उठेको छ । होटेल र रेस्टुरेन्टका लागि पनि सीमित समय तोक्नु पर्ने अहिले आवाज उठेको छ । 

सम्बन्धित समाचार