२०८१ माघ १० गते , विहीबार

भारतमा एकै दिन ३६ सयको मृत्यु, थपिए ३ लाख ८० हजार कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १७ गते , शुक्रबार
भारतमा एकै दिन ३६ सयको मृत्यु, थपिए ३ लाख ८० हजार कोरोना संक्रमित

एजेन्सी । भारतमा एकैदिन ३ हजार बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्तालयका अनुसार बिहीबार ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको हो ।

दोस्रो लहर सुरु भएसँगैं यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिला पटक हो । यस्तै गत २४ घण्टामा ३ लाख ७९ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोनाका कारण दैनिक तीन लाख बढी संक्रमित हुँदै आएका छन् ।

भारतमा हालसम्म एक करोड ८३ लाख ७६ हजार ५२४ जनामा कोरोना संक्रमण भइसकेको छ ।हालसम्म २ लाख ४ हजार ८३२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

दैनिक मृत्युदर बढ्दा शव जलाउनसमेत लाइन बस्नु परेका तस्वीर तथा भिडियोहरु समाचार र सामाजिक सञ्जालमा भाइरल भएक छन् । अक्सिजन, आइसीयु, भेन्टिलेटरको पर्याप्तता नहुँदा भारतमा मर्नेको संख्या दिनहुँ बढिरहेको छ ।

सम्बन्धित समाचार