२०८३ बैशाख ३ गते , विहीबार
बसले किच्दा एक जनाको मृत्यु
झापा । मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ वर्षीय सहवीर मगर रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ वर्षीय गङ्गा प्रसाद लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।