२०८० फाल्गुन १० गते , विहीबार

झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १७ गते , शुक्रबार
झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु

झापा । झापा गाउँपालिकामा फेरि अर्का कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दुई दिनमा यहाँ दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । झापा गाउँपालिका वडा नं ४ का गणेश थरका ५७ वर्षीय पुरुषको आज बिहान नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको जम्मु काश्मिरमा कामको सिलसिलामा गएका उनी बिरामी भएर बैशाख १२ गते फर्केका थिए । त्यसपछि उनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ निको नभएपछि नोबेल ल्याइएको थियो । बिहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ । यसअघि बुधवार सोही वडाका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाटै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार