२०८१ माघ २५ गते , शुक्रबार

सुनसरीमा भोलिदेखि एक साता निषेधाज्ञा 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १६ गते , विहीबार
सुनसरीमा भोलिदेखि एक साता निषेधाज्ञा 

झापा । कोरोनाको भाइरसको संक्रमण बढे लगतै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता निषेधाज्ञा जारी गर्ने भएको छ । आज एक सूचना जारी गरी भोलि शुक्रवार मध्यरातदेखि निषेधाज्ञा लागु हुने उल्लेख गरेको छ ।

दोस्रो लहरको कोरोना समुदायमा कोरोना सङ्क्रमण बढ्न हुन थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वैशाख १७ गते मध्यरात १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गर्ने बताएका छन् ।

उक्त समयावधि भित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति तथा दीर्घ रोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ । अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार