२०७८ बैशाख २४ गते , शुक्रवार

झापाको दमकमा शङ्कास्पद वस्तु बम नभएको प्रहरीद्धारा पुष्टि

झापाको दमकमा शङ्कास्पद वस्तु बम नभएको प्रहरीद्धारा पुष्टि :: Times of Pradesh

झापा । झापाको दमकमा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैको भित्री सडकको प्रगति मार्गमा बिहीबार बिहान बम जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेपछि बम नभएको पुष्टि प्रहरीले गर्‍यो ।  एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शङ्कास्पद बस्तु भेटिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

 त्यस शङ्कास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निष्क्रिय पारेको छ । 'उक्त टिनको बट्टामा ढुङ्गा राखिएको थियो, बम होइन, उनले भने ।'

फेला परेको त्यस शङ्कास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टाँसिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ ।  बिहानै सडकमा शङ्कास्पद बस्तु देखिएपछि त्यस आसपास क्षेत्रका स्थानीय त्रसित बनेका थिए । यता प्रहरीले शङ्कास्पद वस्तु राखेर आतङ्क मच्चाउने समूहको खोजी कार्य गरिरहेको डिएसपी थापाले बताए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment