२०८२ असार २ गते , सोमबार

प्रेम सम्बन्ध अस्वीकार गरेपछि यी अभिनेत्रीले गरिन आफ्नै दाजुको हत्या

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १४ गते , मंगलबार
प्रेम सम्बन्ध अस्वीकार गरेपछि यी अभिनेत्रीले गरिन आफ्नै दाजुको हत्या

एजेन्सी । प्रेम सम्बन्ध स्वीकार नगरेका कारण आफ्नै दाइलाई संसारबाटै बिदा गरिदिएको अभियोगमा भारतीय (कन्नड) फिल्मकी अभिनेत्री शनाया काटवे पक्राउ परेकी छन् । उनको दाइको शव सहरको विभिन्न स्थानमा फेला परेको थियो । अनुसन्धानका क्रममा घटनामा बहिनीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस अघि प्रहरीले पक्राउ गरेकाहरूले दिएको बयानका आधारमा घटनामा अभिनेत्रीको संलग्नता देखिएको हो । प्रहरीले शवका टुक्रा सहरको विभिन्न भागबाट सङ्कलन गरेको थियो । आफ्नो प्रेम सम्बन्ध दाइले स्वीकार नगरेका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रेमका बिचमा दाइ तगारो बन्न आएका कारण उनले दाइलाई नै हटाइदिने योजना बनाएको अनुसन्धानमा देखिएको छ । घटनामा उनका प्रेमीले पनि साथ दिएका छन् । प्रहरीका अनुसार राकेशको टाउको देवरागुडीहलको जगंलमा फेला परेको थियो भने बाँकी भागहरू हुबली भन्ने स्थानको फरक–फरक ठाउँमा भेटिएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार अनुसन्धान पछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो । अन्य तीन जनाले दिएको बयानका आधारमा बहिनी पनि अनुसन्धानमा तानिएकी हुन् । पक्राउ पर्नेमा नियाज अहमद काटी गार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले रहेका छन्।

भारतीय मिडियाले गरेको दाबी अनुसार शनाया र नियाज एक अर्कालाई माया गर्थे तर राकेशलाई उनीहरूको सम्बन्ध मन परेको थिएन ।अप्रिलमा शनाया आफ्नो फिल्मको प्रचारप्रसारका लागि हुबली गएकी थिइन त्यसै दिन घटना भएको बताइएको छ ।

सम्बन्धित समाचार