२०८० फाल्गुन १० गते , विहीबार

कोरोना : प्रशासन कार्यालय झापाले सातामा एक स्थानीय तहलाई एक दिन सेवा दिने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १४ गते , मंगलबार
कोरोना : प्रशासन कार्यालय झापाले सातामा एक स्थानीय तहलाई एक दिन सेवा दिने

झापा । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि आलोपालो दिन तालिका बनाएको छ । प्रशासनले सार्वजनिक गरेको दिन तालिकामा एक स्थानीय तहले हप्तामा एक दिन सेवा पाउने भएको छ । 

कोरोनाको जोखिम बढ्दै गएपछि त्यसबाट बच्न र भीडभाड नियन्त्रण गर्न आलोपालो दिन तालिका बनाइएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए । 

प्रशासकीय अधिकृत अधिकारीका अनुसार आइतबार मेचीनगर, बुद्धशान्ती, सोमवार भद्रपुर, कचनकवल, मङ्गलवार बिर्तामोड, बुधवार कनकाई, झापा गाउँपालिका, बिहीबार बाह्रदशी , हल्दिवारी र शुक्रवार अर्जुनधाराका नागरिकले सेवा पाउने छन् । उनले दमक र गौरीगञ्जका नागरिकले हरेक दिन सेवा पाउने बताए ।

नागरिकता र प्रतिलिपि तोकिएको बारमा मात्र उपलब्ध गराइने जिल्ला प्रशासनले जनाएको छ । आलोपालो सेवा प्रवाह वैशाख १६गतेदेखि लागु हुने बताइएको छ ।

सम्बन्धित समाचार