२०८३ बैशाख ३ गते , विहीबार

धरानको कोभिड अस्पतालमा एकै दिन तीन संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १४ गते , मंगलबार
धरानको कोभिड अस्पतालमा एकै दिन तीन संक्रमितको मृत्यु

झापा । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार विराटनगर १५ मोरङका ५६ वर्षीय पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको हो ।
वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई नोबेल अस्पताल विराटनगरबाट रेफर गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख ९ गते भर्ना गरिएको थियो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा हिजो एकै दिन ३ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । हिजो बिहान ७ बजेर १५ मिनेटमा जनकपुर ८ धनुषा बस्ने ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो भने दिउसो विराटनगर-१२ मोरङका ७५ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार