२०८३ बैशाख ३ गते , विहीबार

बिहीबारदेखि काठमाडौँमा निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् ?

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १३ गते , सोमबार
बिहीबारदेखि काठमाडौँमा निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही दिनयता देशभर दैनिक ३ हजारभन्दा बढी कोरोना संक्रमित भेटिरहेका छन् । जसमध्ये सबैभन्दा बढी काठमाठौं उपत्यकामा संक्रमित फेला परिरहेका छन् । आइतबार मात्रै देशभर ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि हुँदा काठमाडौंमा १ हजार १ सय ३२ संक्रमित थपिएका थिए । नेपालि बहसबाट 

निषेधाज्ञामा के खुल्दैनन् ?

-सार्वजनिक, निजी सवारीसाधन ।

-होटल/रेष्टुरेन्ट । तर, होम डेलिभरी गर्न पाउने ।

के खुल्छन् ?

-एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी ।

-खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका पसल ।

-सरकारी कार्यालय । स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने ।

-बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने ।

-हवाई सेवा ।

 

सम्बन्धित समाचार