२०८३ बैशाख ३ गते , विहीबार

झापाको सुगावथानबाट अवैध रुपमा ल्याएको माछा प्रहरीद्धारा नष्ट

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १३ गते , सोमबार
झापाको सुगावथानबाट अवैध रुपमा ल्याएको माछा प्रहरीद्धारा नष्ट

झापा । इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सय केजी माछा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले हिजो झापा गाउँपालिका वडा २ को सुगावथान गाउँबाट अवैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा सय केजी माछा फेला पारेको थियो । प्रहरीको टोली देखेपछि माछा बोक्ने केरियरहरु माछा छोडेर भागेका थिए । 

प्रहरीले उक्त माछाको पोकाहरूलाई बरामद गरी इलाका प्रहरी कार्यालय कुमरखोद ल्याएका थिए । मुँगी र पम्प लेट जातका माछाहरू रहेको कुमरखोद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गजेन्द्र रायमाझीले बताए । ती माछाहरूलाई स्थानीय र पत्रकारको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको थियो ।

सम्बन्धित समाचार