२०८३ बैशाख ३ गते , विहीबार

निषेधाज्ञा र लकडाउनका लागि सीसीएमसीले गर्‍यो सरकारलाई सिफारिस

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १२ गते , आईतबार
निषेधाज्ञा र लकडाउनका लागि सीसीएमसीले गर्‍यो सरकारलाई सिफारिस

झापा । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।
जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । त्यस्तै बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकारसमक्ष सिफारिस गरेको छ । 
त्यस्तै सेनालाई विदेशबाट आउने व्यक्तिहरूलाई राख्नका लागि ८ वटा स्थायी प्रकृतिका क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन सरकारलाई सिफारिस गरेको छ । कोरोना संक्रमण बढेसँगै विदेशबाट स्थलमार्थ र हवाइमार्ग हुँदै नेपाल आउनेको संख्या बढेकाले सेनालाई स्थायी प्रकृतिका सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन सिफारिस गरिएको हो ।

सम्बन्धित समाचार