२०८३ बैशाख ३ गते , विहीबार

आजको मौसम : प्रदेश १ का केही ठाउँमा पानी पर्ने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १२ गते , आईतबार
आजको मौसम : प्रदेश १ का केही ठाउँमा पानी पर्ने

काठमाडौं । स्थानीय वायु, प्रि-मनसुन र पश्चिमी वायुका कारण प्रदेश १ का केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशका धेरैजसो स्थानहरुमा आंशिक बदली भइरहेको छ। दिउँसो प्रदेश १ का एकरदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाका मौसमविद् वरुण पौडेल जानकारी दिए। उनका अनुसार यीबाहेक अन्य स्थानको मौसम आज सफा रहने छ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १२ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

सम्बन्धित समाचार