२०८३ बैशाख ३ गते , विहीबार

मोटरसाइकल दुर्घटनामा परी झापामा एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १२ गते , आईतबार
मोटरसाइकल दुर्घटनामा परी झापामा एक महिलाको मृत्यु

झापा । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा पछाडि रहेकी सुसनाको घाइते भएकी थिइन्। उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।  

सम्बन्धित समाचार