२०८१ चैत्र १४ गते , विहीबार

नब्याएको बाच्छीले दूध दिन थालेपछि झापाका स्थानीयबासी अचम्मित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
नब्याएको बाच्छीले दूध दिन थालेपछि झापाका स्थानीयबासी अचम्मित

झापा । झापाको गौरादह नगरपालिका–३  का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । 
नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ  । “चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि  अचम्म  लाग्यो,”  पन्तले भने । पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  भने,  “घरमा  बाँधेर  पालेको बाच्छी २१ महिनाको मात्र  भयो  । यसलाई  कहीँ  लगिएको पनि छैन  ।”

“एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  । थुनसमेत  ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने ।  अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले  बताए  ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार