२०८० चैत्र १६ गते , शुक्रबार

राष्ट्रपति रनिङ शील्ड विजेता खेलाडीलाई भद्रपुर नगरपालिकाद्वारा बधाईसहित सम्मान 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ८ गते , बुधबार
राष्ट्रपति रनिङ शील्ड विजेता खेलाडीलाई भद्रपुर नगरपालिकाद्वारा बधाईसहित सम्मान 

भद्रपुर । झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरूलाई भद्रपुर नगरपालिकाले बधाई सहित सम्मान गरेको छ ।
यही चैत ३, ४ र ५ गते मेची रङ्गशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो । भद्रपुरले एथलेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जित्यो भने एथलेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथलेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कांस्य जितेको छ ।
स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि जित्नु ऐतिहासिक भएको भन्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजेता खेलाडीहरूलाई बधाई सहित सम्मान गरेका थिए ।
नगरपालिकाको सभा हलमा बुधवार नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहमा नगरप्रमुख श्रेष्ठले नगरको खेलकुदको विकास र खेलाडीको क्षमता विकासमा नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका थिए ।
नगर शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समारोहमा प्रतियोगितामा सहभागी खेलाडी तथा खेल प्रशिक्षकहरूलाई अबिर, फूल माला पहिराएर समान गरिएको थियो ।
सम्मानपछि नगरप्रमुख श्रेष्ठसहित खेलाडी तथा खेल प्रशिक्षकहरूले पहिलो ऐतिहासिक विजयोत्सवको रुपमा ‘हिप् हिप्, हुर्र रे।।।’का साथ नगर परिक्रममा गरेका थिए ।

सम्बन्धित समाचार