२०७८ बैशाख २४ गते , शुक्रवार

१२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : भद्रपुर नगरपालिका प्रथम, झापा पदकविहीन

१२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : भद्रपुर नगरपालिका प्रथम, झापा पदकविहीन :: Times of Pradesh

झापा । झापा जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको छ । भद्रपुरले एथलेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथलेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथलेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कांस्य जितेको छ ।

दोस्रो हुने अर्जुनधाराले ८ स्वर्ण, १० रजत र ६ कांस्य पदक जितेको छ । एथलेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथलेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ । एथलेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कांस्य जितेको छ । तेस्रो भएको मेचीनगरले ५ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जितेको छ । एथलेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथलेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथलेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कांस्य जितेको छ ।यसैबिच, दमकले ५ स्वर्ण, ३ रजत र २ कांस्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कांस्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कांस्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको छ ।

कनकाईले १ स्वर्ण, ५ रजत र ३ कांस्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कांस्य, गौरादहले १ स्वर्ण र २ कांस्य, कचनकवलले १ रजत र १ कांस्य, बुद्धशान्तिले १ रजत र ५ कांस्य, हल्दिबारीले १ रजत र ३ कांस्य, गौरीगञ्जले १ रजत र १ कांस्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख टहल मैनालीले बताए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट भएका छन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चार/चार इभेन्टस् भएका थिए । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले यही वैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् । प्रदेशमा छानिएको खेलाडीले वैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ । झापामा जिल्ला स्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सय जना सहभागी रहेका थिए । प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना थिए । झापामा एथलेटिक्सबाट ११/११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३÷३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट भएको मैनालीले बताए । प्रत्येक खेलबाट एकाएक जना गरी ६ जना प्रशिक्षक र एक जना टोली नेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता भद्रपुरस्थित मेची रङ्गशालामा भएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment