२०८१ चैत्र १४ गते , विहीबार
झापामा आठ जना थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या ३८ पुग्यो

झापा । पछिल्लो २४ घण्टामा झापामा आठ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका ४ र ५ का तीन जना, कनकाई नगरपालिका ८ र ३ का दुई जना, शिवसताक्षी नगरपालिका ८ का दुई जना र दमक नगरपालिका ६ का एक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये चार महिला र चार पुरुष रहेका छन् । सबै स्थानीय हुन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ । जिल्लामा कुल ४ हजार ६७० संक्रमितमध्ये हालसम्म १२९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।