२०८२ जेष्ठ ११ गते , शनिबार

झापाका स्थानीय तहमा आज सिरुवाको स्थानीय बिदा

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३ गते , शुक्रबार
झापाका स्थानीय तहमा आज सिरुवाको स्थानीय बिदा

झापा  । राजवंशीलगायतका जातिहरूको महान् पर्व सिरुवाको लागि झापाका स्थानीय तहहरूले आज स्थानीय बिदा दिएका छन् । राजवंशीहरूले वैशाख १ ,२ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् । वैशाख १ गते नयाँ वर्षमा राष्ट्रिय बिदा दिइएको थियो भने २ गते प्रदेश सरकारले बिदा दिएको थियो । तर, मुख्य पर्व ३ गते भएकाले जिल्लाका स्थानीय तहहरूले आज बिदा दिएका हुन् । हल्दीबारी गाउँपालिका, कनकाई नगरपालिका, बाह्रदशी गाउँपालिका , कचनकवल गाउँपालिकालगायतले आज बिदा दिएका हुन् ।

राजवंशीहरूले वैशाख १ गते जल सिरुवा , २ गते काद (हिलो) सिरुवा र ३ गते रङ्ग सिरुवा मनाउने गरेका छन् । वैशाख १ गतेदेखि नै विभिन्न कार्यक्रम हुँदै आएको छ । आज अन्तिम दिन विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् । यस क्रममा राजवंशी विकास प्रतिष्ठानले बिर्तामोड २ स्थित पञ्चरत्न माविमा जिल्लास्तरीय सिरुवा कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

सम्बन्धित समाचार