२०८१ बैशाख ३ गते , सोमबार

प्रदेश १ मा थपिए १६ जना कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २ गते , विहीबार
प्रदेश १ मा थपिए १६ जना कोरोना संक्रमित

झापा । प्रदेश १ का विभिन्न जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ५३२ पुगेको छ । सङ्क्रमितमध्ये २९ हजार ८७० सङ्क्रमणमुक्त भएका छन् । १९५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार