२०८१ माघ २ गते , बुधबार
झापामा एम्बुलेन्स दुर्घटना : चालकको मृत्यु, एक घाइते
झापा । झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवसताक्षी ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रित भई बिहीबार बिहान ४तः२० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ बस्ने २० वर्षीय उत्सव घिमिरे र सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भई उपचारको लागि दुवैलाई बिएण्डसी अस्पताल बिर्तामोड लादै गर्दा चालकको बाटोमा मृत्यु भएको हो । गम्भीर घाइते तामाङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरेहेको र एम्बुलेन्स ईप्रका झिलझिलेतर्फ ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।