२०८१ माघ १० गते , विहीबार

भारतमा पछिल्लो २४ घण्टा थपिए २ लाख बढी कोरोना संक्रमित, एक हजार ३८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २ गते , विहीबार
भारतमा पछिल्लो २४ घण्टा थपिए २ लाख बढी कोरोना संक्रमित, एक हजार ३८ जनाको मृत्यु

झापा । भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ७३९ जना संक्रमित फेला परेका छन्। यो अवधिमा १ हजार ३८ जनाको ज्यान गएको छ। 

कोरोना महामारीको दोस्रो लहर चलिरहेको भारतमा यो तथ्यांक पछिल्लो अवधिकै धेरै हो। हिजोसम्म त्यहाँ डेढ लाख हाराहारीमा संक्रमित भेटिएका थिए भने ज्यान गुमाउनेको संख्या १ हजारभन्दा तल थियो।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७० हजारभन्दा धेरै छ। हालसम्म भारतभर १ लाख ७३ हजार १२३ जना संक्रमितको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार