२०७८ बैशाख २४ गते , शुक्रवार

भारतमा कोरोना भयावह : महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू

भारतमा कोरोना भयावह : महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू :: Times of Pradesh

एजेन्सी। भारतको महाराष्ट्रमा आज (बुधवार) देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको बताए ।

कर्फ्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् ।अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ । त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment