२०८१ फाल्गुन ४ गते , आईतबार

झापाका ८ सहित प्रदेश १ मा थपिए २६ जना कोरोना सङ्क्रमित

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३१ गते , मंगलबार
झापाका ८ सहित प्रदेश १ मा थपिए २६ जना कोरोना सङ्क्रमित

झापा । झापाका ८ सहित प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको बिर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहबीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।
हाल सम्म सङ्क्रमितको सङ्ख्या ३० हजार ४९६ पुगेको छ । सङ्क्रमित भएका मध्ये २९ हजार ८७० सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज २९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीषण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार