२०८३ बैशाख ३ गते , विहीबार

झापाको गौरादहमा आगलागी हुँदा १७ लाख भन्दा बढीको क्षति

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २६ गते , विहीबार
झापाको गौरादहमा आगलागी हुँदा १७ लाख भन्दा बढीको क्षति

झापा । झापाको गौरादहमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गौरादह १ सितापुरी बस्ने अमरबहादुर श्रेष्ठको घरमा बिहीबार दिउँसो साढे १२ बजे आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट श्रेष्ठको काठले बेरेको, टिनको छानो भएको एकतले दुईवटा घरमा आगलागी हुँदा घर पूर्ण पमा जलेर नष्ट भएको र घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर, सुन ३ तोला, चाँदी २० तोला गरी १७ लाख२० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । उक्त आगो प्रहरी, दमकल, स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । खाना पकाउने क्रममा चुलोबाट आगो सल्कन गई सो आगलागी भएको जनाइएको छ ।

सम्बन्धित समाचार