२०८२ बैशाख ५ गते , शुक्रबार

सीप विकास तालिम केन्द्रद्वारा रेडक्रसलाई तयारी पोसाक हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २१ गते , शनिबार
सीप विकास तालिम केन्द्रद्वारा रेडक्रसलाई तयारी पोसाक हस्तान्तरण

भद्रपुर ।  व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरले ७२० थान तयारी पोसाक नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखालाई हस्तान्तरण गरेको छ ।
बिपदमा परेका अति विपन्न परिवारहरूको सहयोग लागि तालिम केन्द्रले उक्त तयारी पोसाक रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन् । सो पोसाक तालिम केन्द्रकी प्रमुख कृष्णा श्रेष्ठले रेडक्रस उपशाखाका सचिव दीप कुमार लिम्बुलाई हस्तान्तरण गरेका थिए । तालिम केन्द्रले आर्थिक वर्ष ०७६-७७ र ०७७-७८ मा सञ्चालन गरेको सिलाई कटाई तालिमको दौरान सो तयारी पोसाक बनाएका थिए ।  हस्तान्तरण कार्यक्रमको सञ्चालन तालीम केन्द्रका कर्मचारी गौतम पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार