२०८१ फाल्गुन ४ गते , आईतबार

भारतमा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १३ गते , शुक्रबार
भारतमा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ५९,०६९ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए ।

बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ । यो लगातार दोस्रो दिन थियो जब सक्रिय संक्रमित २५ हजारभन्दा बढी बढे । पछिल्लो एक हप्तामा नै सक्रिय संक्रमितमा १ लाख ४९ हजार ४५५ को वृद्धि भएको छ । भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ ।

सम्बन्धित समाचार