२०८२ बैशाख १२ गते , शुक्रबार

काँकडभिट्टा नाकाबाट भित्राइएको लाखौँ मूल्य बराबरको सामान बरामद

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १३ गते , शुक्रबार
काँकडभिट्टा नाकाबाट भित्राइएको लाखौँ मूल्य बराबरको सामान बरामद

झापा  ।  झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाण अवैध समान प्रहरीले बरामद भएको छ ।  इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी ल्याएको विभिन्न प्रकारका करिब ५ लाख बराबरको कस्मेटिक समानहरू बरामद गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले १३ लाख भन्दा बढीको अवैध समान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ र ५ बाट अवैध लत्ता कपडा र कस्मेटिक समान गरी करिब १३ लाख ८३ हजार ५ सय बरामदको अवैध समान बरामद गरेको हो । बरामद गएको सामानलाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सामान भन्सार छलेर नेपाल भित्राइएको हो । 

सम्बन्धित समाचार