२०८३ बैशाख ३ गते , विहीबार

प्रजातान्त्रिक आन्दोलनकी योद्धा गिरिराजकुमारी प्रसाईँको निधन

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ११ गते , बुधबार
प्रजातान्त्रिक आन्दोलनकी योद्धा गिरिराजकुमारी प्रसाईँको निधन

बिर्तामोड। प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली काँग्रेसका नेता सिके प्रसाईँकी धर्म पत्नी गिरिराजकुमारी प्रसाईँको मङ्गलवार बेलुका निधन भएको छ ।

उनको ९० वर्षको उमेरमा निधन भएको हो । सिके प्रसाईँसँगै राजनीतिमा होमिएकी उनी  २०५१ सालको आम निर्वाचनमा झापा साबिक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मा ओली सँग प्रतिस्पर्धा गरेकी थिइन् ।

तर पार्टीकै गुटगत राजनीतिका कारण उनी पराजित भएको जानकारहरू बताउँछन् । स्व. प्रसाईँको जन्म १९८८ साल कार्तिक १७ गते ललितपुरको कुमारी पाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरी हुन् ।

स्व. प्रसाईँका छोरा बिबेककेशरी बुहारी सङ्गीता, छोरीहरू रमिता र नम्रता सिंह रहेको बताइएको छ । दिवङ्गत प्रसाईँको आजै दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको ।

सम्बन्धित समाचार