२०८१ फाल्गुन ४ गते , आईतबार

हेर्नुहोस्, २०७७ साल चैत ११ बुधबारको राशिफलमा तपाईँको भाग्य

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १० गते , मंगलबार
हेर्नुहोस्, २०७७ साल चैत ११ बुधबारको राशिफलमा तपाईँको भाग्य

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सावधानी अपनाउनु होला। अधिक संवेदनशील र भावनात्मक रहनुहुनेछ। कुनै पनि कुराले तपाईको मन दुख्नेछ। तपाईको भावनालाई ठेस पुग्नेछ। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। सम्पत्ति सम्बन्धित कुनै पनि कार्य गर्नको लागि दिन अनुकुल रहनेछ। स्वाभिमान भंग नहोस यस कुराको ध्यान राख्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको चिन्ता कम हुनेछ र उत्साह बढ्नेछ। मन प्रफुल्लित रहनेछ। अधिक संवेदनशीलता र भावुकताको अनुभव गर्नुहुनेछ। कल्पनाशक्ति पूर्णरुपले वृद्दि हुनाले साहित्यलेखनमा कुनै रचनाको सिर्जन गर्नुहुनेछ। रुचिपूर्ण भोजन मिलन सक्ला। घरमा परिवार विशेष गरेर आअमको स्वास्थ्यमा तालमेल मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मिश्र फलदायी रहनेछ। थकान, व्यग्रता एवम् प्रसन्नता अनुभव गर्नुहुनेछ। निर्धारित कार्य पूर्ण गर्नुहुनेछ। धनोपार्जनको योजना नष्ट हुनेछ। शुभेच्छक तथा मित्रसँग भेट हुनेछ। व्यवसायको स्थानमा उत्साह र प्रसन्नता अनुभव गर्नुहुनेछ। सहकर्मीको सहयोग मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन हारेक प्रकारले आनन्दित रहनेछ। तन र मनले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। परिवार, आफन्त र मित्रसँग सुख र आनन्द प्राप्त गर्नुहुनेछ। बसाई एवम् खान-पानको सुन्दर आयोजन गर्नुहुनेछ। शुभ समाचार प्राप्त गर्नुहुनेछ। श्रीमतीबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। वैवाहिक सुख र सन्तोषको अनुभूति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

संवेदनशीलता नियन्त्रण गर्नुहोला। स्वास्थ्य सम्बन्धित विषयमा चिन्तित रहनुहुनेछ। चिन्ताको कारण शारीरिक, मानसिक स्वास्थ्य बिग्रिनेछ। व्यर्थमा वाद विवादलाई टाल्नुहोला। अदालती कामलाई ध्यान दिनुहोला। विदेशबाट समाचार मिल्नेछ। स्त्रीको मामलामा सम्हालेर रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन लाभदायी रहेको छ। विविध क्षेत्रमा यश,प्रसिद्दि तथा लाभ प्राप्त गर्नुहुनेछ। धनप्राप्तिको लागि दिन शुभ रहनेछ। विशेष गरेर स्त्री मित्रबाट लाभ हुनेछ। प्रियजनसँग आनन्ददायी भेट हुनेछ। व्यापारमा आयको वृद्धि हुनेछ। कुनै रमणीय स्थल वा जलाशयमा घुमफिरको आयोजन उनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन शुभफलदायी रहनेछ। घर तथा कार्यालयमा सानुकूल वातावरण रहनेछ। पेशा गर्ने व्यक्तिको लागि पदोन्नतिको अवसर उपस्थित हुनेछ। पारिवारिक जीवनमा हर्षोल्लासको वातावरण रहनेछ। गृहस्थजीवनमा माधुर्य छाईरहनेछ। उच्च पदाधिकारीबाट प्रोत्साहन मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक थकान, आलस्य र मानसिक चिन्ताको अनुभूति हुनेछ। व्यवसायमा बाधा खडा हुनेछ। सन्तानसँग मतभेद रहनेछ। स्वास्थ्यको चिन्ता रहनेछ। प्रतिस्पर्धिसँग वादविवाद नगर्नुहोला। अनावश्यक खर्च बह्द्नेछ। उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन अत्यन्त सावधानीपूर्वक बिताउनुहोला। कुनै पनि नयाँ कामको प्रारम्भ नगर्नुहोला। अत्यन्त संवेदनशीलताको कारण मानसिक स्थिति व्याकुल रहनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। निषेधात्मक कार्यबाट टाढा रहनुहोला। अनैतिक कार्य र सरकार-विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विविध कारण तपाईको व्यापारको विस्तृतीकरण हुनेछ र त्यसमा वृद्दि हुनेछ। धनलाभको योग रहेको छ। सन्तानको अभ्यासको विषयमा चिन्तित रहनुहुनेछ। कार्यमा सफलता मिल्नेछ। विचारमा केहि दुविधा र अस्थिरता रहनेछ । विपरीत लिंगीय व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्य शुभ रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य सफलताको लागि दिन शुभ रहेको छ। तपाईको प्रसिद्दि वृद्दि हुनेछ। परिवारसँग समय राम्रोसँग बित्नेछ। घरको वातावरण शुभ रहनेछ। तन-मनले प्रफुल्लित रहनेछ। दिन भावनाशील विचारमा बित्नेछ। सहकर्मीले सहयोगपूर्वक कार्य सम्पन्न गर्नेछन्। कार्यको सम्बन्धमा धनको खर्च हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

काल्पनिक दुनियामा विचरण गर्नुहुनेछ। विद्योपार्जन गर्नको लागि राम्रो प्रदर्शन गर्नुहुनेछ। प्रणयको लागि दिन शुभ रहेको छ। पानीबाट बच्नुहोला। स्वभावमा विशेष ध्यान राख्नुओला। मानसिक सन्तुलन बनाईराख्नुहोला।

सम्बन्धित समाचार