२०८३ बैशाख २ गते , बुधबार

बिरिङमा खोलामा हात्तीको आक्रमण : दुई मजदुर घाइते, एकको अवस्था गम्भीर

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
बिरिङमा खोलामा हात्तीको आक्रमण : दुई मजदुर घाइते, एकको अवस्था गम्भीर

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई मजदुर घाइते भएका छन् । बुद्ध शान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

हात्तीको आक्रमणबाट इलाम जिल्ला देउमाइ नगरपालिका १० बस्ने १९ बर्षीया विजय खाती गम्भीर घाइते भएको छन् । त्यस्तै अर्जुनधारा नगरपालिका  १ सिस्ने निवासी १९ वर्षीय मिलन कार्की डोली पनि सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका खातीको देब्रे हात र छातीमा चोट लागेको छ ।

उनको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै अर्को घाइते डोलीको देब्रे खुट्टामा सामान्य चोट लागेको स्थानीय क्लिनिकमा उपचार गराइएको छ । ट्याक्टरसहित खोलामा पुगेका उनीहरूलाई एक्कासि एउटा हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।  

सम्बन्धित समाचार