२०८३ बैशाख २ गते , बुधबार
भद्रपुरका मेयर श्रेष्ठ खानेपानी संस्थानको सदस्यमा नियुक्त
भद्रपुर । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ नेपाल खानेपानी संस्थानको सदस्य पदमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट मेयर श्रेष्ठलाई खानेपानी संस्थानको सदस्यमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद बैठकले अध्यक्षमा गुणाकर भुसालसहित पाँच सदस्य नियुक्त गरेको हो । अन्य सदस्यहरूमा निरूकुमारी कुँवर, नारायणी जीसी, रमेश केसी, वासुदेव अर्याल रहेका छन् ।