बिएण्डसी मेडिकल कलेज ‘सम्बन्धन’को विरोधमा बिपीका चिकित्सक आन्दोलित
झापा । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्व विद्यालय (केयु) बीच गोप्य सहमति (एमओयु) भएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन् ।
प्राज्ञहरुको सुझावका आधारमा सम्बन्धन दिइनुपर्ने भए पनि प्रधानमन्त्रीले आमसभामा बोलेको भाषणका आधारमा शिक्षामन्त्रीले दबाब दिएर बिएन्डसीलाई सम्बन्धन दिन लागिएको चिकित्सकहरुको आरोप छ ।
बुधवार शिक्षा मन्त्रालयमा प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरी र केयुका उपकुलपति डा।भोला थापाबिच एमओयु भएको थियो । एमओयुमा तत्काल केयुले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षणलगायत प्रतिवेदन बीपीले तयार गर्ने सहमति भएको बताइएको छ ।
प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले दुई सार्वजनिक संस्थाबिच सहमति भएको हो भने उक्त सहमतिलाई सार्वजनिक गर्न र सरोकारवालाहरूसँगको बृहत् छलफलबाट मात्र त्यसलाई अनुमोदन गर्न सम्बन्धित पक्षलाई अपिल गरेको छ ।
चिकित्सकहरुले गोप्य सहमति खारेज नगरिए आन्दोलन शसक्त बनाउने चेतावनी दिएका छन् । समाजका अध्यक्ष विष्णु पोखरेलले प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानको अहितमा काम गरेका कारण प्रतिष्ठानको अवस्था धरासायी भएको आरोप लगाए ।
समाजका महासचिव सूर्यप्रसाद ९एसपी० रिमालले प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको काम गर्न छाडेर क्षेत्राधिकार बाहिर जाँदा प्रतिष्ठानको गरिमामाथि आँच आएको बताए ।
स्वास्थ्य मन्त्रालयअन्र्तगत रहेको प्रतिष्ठानलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गत बुधबार बीपी प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी र काठामाडौं विश्वविद्यालयका उपकुलपति डा। भोला थापालाई मन्त्रालयमा बोलाई समझदारी पत्रमा बिएण्डसीलाई सम्बन्धन दिन हस्ताक्षर गराएको बताइएको छ ।
समझादारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकले उपकुलपति गिरीको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरेको जनाएका छन् । प्रतिष्ठानका उपकुलपती गिरीले मोरङको सुन्दरहरैचामा भएको प्रतिष्ठानको जग्गा समेत अवैध तरिकाले प्रदेश सरकारलाई दिएको आरोप लगाए ।
आन्दोलित चिकित्सकले केयु र बीपीकेआइएचएसबीचको अवैधानिक एमओयु हरैंचाको जग्गा, चिकित्सकको नियमित तलब, अस्पताल र शैक्षिक अस्तव्यस्तताका विषयमा आवाज उठाउँदै सशक्त आन्दोलन गर्ने चेतावनी दिंदै आएको छ । समाजका अध्यक्ष विष्णु पोखरेलले आन्दोलन थप सशक्त बनाउने बताएका छन् । आजको ब्लाष्टखबरमा समाचार छ ।