२०८३ जेष्ठ १७ गते , आईतबार

प्रदेश १ : प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
प्रदेश १ : प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

झापा । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सोमबार साढे १२ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्म स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा नियामवाली २०७४ को नियम ६ को उपनियम ३ बमोजिक अर्को सूचना नभएएसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिए। यसअघि फागुन २० गते पनि विशेष कारण देखाउँदै प्रदेश सभाको बैठक स्थगित गरिएको थियो।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव ‍अन्योलमा परेको छ।

सम्बन्धित समाचार