२०८३ बैशाख ३ गते , विहीबार

नारी दिवस : भद्रपुरमा असल आमा र बुहारी सम्मानित

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २४ गते , सोमबार
नारी दिवस : भद्रपुरमा असल आमा र बुहारी सम्मानित

भद्रपुर । १११औं अन्तर्राष्ट्रिय नारी  दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा एक असल आमा र एक असल बुहारी गरी दुई जनालाई सम्मान गरिएको छ ।
चन्द्रगढी सेवा समाजले सोमवार भद्रपुरको डाँगीवारिमा आयोजित कार्यक्रमका बिच विगत २०६७ सालदेखि निरन्तर रुपमा आफ्ना अपाङ्ग असक्त ८५ वर्षीया ससुराको सेवामा अहोरात्र सेवा प्रवाह गरेको योगदानको उच्च मुल्याङ्गकन गर्दै असल बुहारीको रुपमा भद्रपुर १० निवासी अम्बिका घिमिरेलाई सम्मान गरिएको हो । त्यसै ज्येष्ठ आमातर्फ भद्रपुर ९ निवासी ८६ बर्षिया भीमकुमारी पोखरेललाई सम्मान गरिएको छ  ।
सम्मानित दुवै जनालाई कार्यक्रमकी प्रमुख अतिथि भद्रपुरका उपमेयर  । चन्द्रमाया श्रेष्ठले दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान प्रदान गरेकी थिइन
सोही कार्यक्रमका बिच नेपाल वार एसोसिएसन झापाकी सहसचिव कानुन व्यवसायी देवी निरौलाले  महिला हक अधिकारका विषयमा कानुनी सचेतना प्रदान गरेका थिए ।  कमलप्रसाद अधिकारीको अध्यक्षता तथा देवी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा भद्रपुर १० नम्बर वडाका कार्यवाहक वार्ड अध्यक्ष तुलसी पोखरेल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिरा प्रसाद पोखरेल, समाजसेवी गोमा  भट्टराई लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य नयांनाथ पाण्डेले राखेका थिए । 
  

सम्बन्धित समाचार