२०८१ कार्तिक १९ गते , सोमबार

बिरामीको मृत्युपछि विराटनगरको म्याक्स हस्पिटलमा दिनभर तनावग्रस्त

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १ गते , शनिबार
बिरामीको मृत्युपछि विराटनगरको म्याक्स हस्पिटलमा दिनभर तनावग्रस्त

विराटनगर । विराटनगरस्थित म्याक्स इन्टरनेश्सन हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।  मोरङको जहदा गाउँपालिका – ४ की २५ वर्षीया रञ्जना महतोको उपचारको क्रममा शनिवार बिहान मृत्यु हो । 

बिरामीका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल अगाडी शनिवार दिउँसो नाराबाजी गर्दै आएका छन् । उनीहरूले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुको साथी पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै अहिले अस्पताल अगाडी नाराबाजीमा उत्रेका छन् । मृतकका आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल अगाडी मोरङ प्रहरीले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ । 

गत पुस १६ गते रञ्जनाले खाना पकाउने क्रममा शरीरको विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचार गरिन विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । कोसीमा उपचार नहुने भएपछि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भए पनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको बिरामीका देवर विरेन महतोले जानकारी दिए । कमिसन पाउने चक्करमा एम्बुलेन्स चालकले म्याक्स पु¥याएको उनीहरूको भनाई छ । ‘अस्पतालमा करिब डेढ महिना उपचार गरिम । अहिलेसम्म १२ लाख रुपैयाँ सकियो । तर, भाउजूको स्वास्थ्यमा कुनै सुधार आएन,’ विरेनले भने, ‘भाउजूको उपचार १७ धुर जग्गा बेचेर र चन्दा सङ्कलन गरेर उपचार गरेका थियौँ । हस्पिटल र चिकित्सकको लापरबाहीले बचाउन सकिनौ ।’  शुक्रवार दिउँसोसम्म राम्रोसँग बोलेको भाउजूको शनिवार बिहान १ गते मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएको उनले बताए ।

लापरबाही गर्ने चिकित्सकलाई कारवही नभएपछि शव नबुझे उनीहरूको भनाई छ । मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा रहेका छ । यता हस्पिटल प्रशासनले विरामीको मृत्युको विषयमा कुनै जानकारी गराएको छैन । घटनाको विषयमा सम्पर्क गर्न खोज्दा अस्पताल प्रशासन सम्पर्क हुन सकेन । 

सम्बन्धित समाचार